Thursday, 17 March 2016

भुल

कसैलाई आफ्नो  ठानेर  भुल गरे
सर्वस्व उनलाई मानेर  भुल  गरे

छल  र  कपटको  प्रतिमूर्ति रहिछिन उनि
स्वार्थी मन पढ्न  नजानेर भुल गरे

कति  रमाउथे बिगत लै कल्पेर
अतितक ति पाना समेटेर  भुल गरे

भाग्यमानी ठान्थे आफैलाई पौउदा उनको  साथ
हजारौको  भिडमा उनैलाई  छानेर भुल गरे

Bee Raaz
सल्यान


No comments:

Post a Comment