Sunday, 13 March 2016

झुठ

जलेको मुटु अझै  कति जलाउछौ तिमी
तिखो बचन रुपी बाण कति  चलाउछौ तिमी

मन होइन यो मेरो पत्थर भैसक्यो 
जिउदो लाशमा आगो झोस्न कति डराउछौ तिमी

महान छौ तिमि  अनि त्यस्तै  तिम्रा विचारहरु 
सक्छौ भने मार झुठो आश्वासन कति दिलाउछौ तिमी


जिन्दगीका हरेक पल पलमा  मरेर बचेको छु 
अमृत रुपी बिषको  प्याला कति पिलाउछौ तिमी

Bee Raaz
सल्यान

2 comments: