विश्वास त्यो खोई काले ?
ए काले !
सँगै जिउँछु भन्थ्यौ, सँगै मर्छु पनि
यो मेरो पहिलो प्रेम हो भन्थ्यौ
जे भए पनि, तिम्रै जीवनमा साथ दिन्छु भन्थ्यौ
आपत आखिर के आइलाग्यो र ?
मेरो यो जीवन–विपत बनाई गयौ ।
त्यसैले,
विश्वास त्यो खोई काले ?
ए काले !
यहाँसम्म तिमीसँगको जीवनयात्रा,
निरर्थक के थियो र ?
तिमीसँगको सहयात्रा के झुट थियो र ?
तिमीले दिएको माया र सहारा
अनि, मसँगको प्रेमसुगन्ध के सबै नक्कली थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?
ए काले !
तिम्रो हर दुःखसुखमा साथ दिन्छु भन्यौ,
हाम्रो भेट हुँदा जीवन जीवन्त बनायौ
पलपल मेरो जीवनमा खेल्ने खेल्यौ,
नखेल्ने पनि खेल्यौ,
तिमीसँग भेट हुँदा, छुट्टिन कठीन बनायौ
मुटु साटासाट ग¥यौ
अनि, मसँगको त्यो सबै के मिथ्या थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?
ए काले !
मसँग के त्यो देखेनौ ?
हो, धन थिएन, तर मन थियो ।
ठूलो सपना थिएन, तर विश्वास थियो ।
महल थिएन, तर सानो आसाको घर थियो ।
रुप थिएन, तर यौवन थियो ।
छलकपट थिएन, तर हृदय थियो ।
आखिर, सोझाे थिएँ, लज्जालु थिएँ, निश्चल अनि कञ्चन थिएँ,
त्यसैले,
‘मेरो जीवन वर्वाद पा¥यो’ भनी कुर्लन सकिनँ,
तिमीलाई छलाएर, झुक्याएर आफ्नो बन्दी बनाउन सकिनँ
त्यो पनि सक्थेँ तर आफ्नौ नैतिकताले दिएन,
ठूला कुरा गर्थौ ?
‘विश्वासघात’ को विष किन पिलायौ ???
अनि, मसँग त्यो सबै के नाटक थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?
Good Creation...........
ReplyDelete