Thursday, 21 September 2017

कस्ताे निष्ठुरी

कस्तो निष्ठुरी ??????

म रोईरहँदा, के तिमी हाँस्न सकौली र ?
म जलिरहँदा, के तिमी बाँच्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

मेरा परेलीहरू, हरक्षण निथ्रुक्क भिज्दा,
म तड्पिरहँदा, के तिमी सुत्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

मेरो छाती ज्वालामा दन्किरहँदा,
म पिल्सिरहँदा, के तिमी लुक्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

म अतीत सम्झेर हराइरहँदा, टोलाइरहँदा
म धड्किरहँदा, के तिमी भुल्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

छाेरी

एउटा बगैचामा राेपीएकाे फूल अर्कै बगैचामा फुल्नुपर्ने 
जन्म घर छाेडि सधैलाई पराई अागनमा झुल्नु पर्ने  ।

बाध्यता भनाै या नियती नै यस्तै याे छाेरी काे 
पराईलाई अंगाली अाफ्नालाई भुल्नु पर्ने।।

Bee-Raaz

Tuesday, 12 September 2017

विश्वास त्यो खोई काले ?

विश्वास त्यो खोई काले ?

ए काले !
सँगै जिउँछु भन्थ्यौ, सँगै मर्छु पनि
यो मेरो पहिलो प्रेम हो भन्थ्यौ
जे भए पनि, तिम्रै जीवनमा साथ दिन्छु भन्थ्यौ
आपत आखिर के आइलाग्यो र ?
मेरो यो जीवन–विपत बनाई गयौ ।
त्यसैले,
विश्वास त्यो खोई काले ?

ए काले !
यहाँसम्म तिमीसँगको जीवनयात्रा,
निरर्थक के थियो र  ?
तिमीसँगको सहयात्रा के झुट थियो र ?
तिमीले दिएको माया र सहारा
अनि, मसँगको प्रेमसुगन्ध के सबै नक्कली थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?

ए काले !
तिम्रो हर दुःखसुखमा साथ दिन्छु भन्यौ,
हाम्रो भेट हुँदा जीवन जीवन्त बनायौ
पलपल मेरो जीवनमा खेल्ने खेल्यौ,
नखेल्ने पनि खेल्यौ,
तिमीसँग भेट हुँदा, छुट्टिन कठीन बनायौ
मुटु साटासाट ग¥यौ
अनि, मसँगको त्यो सबै के मिथ्या थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?

ए काले !
मसँग के त्यो देखेनौ ?
हो, धन थिएन, तर मन थियो ।
ठूलो सपना थिएन, तर विश्वास थियो ।
महल थिएन, तर सानो आसाको घर थियो ।
रुप थिएन, तर यौवन थियो ।
छलकपट थिएन, तर हृदय थियो ।
आखिर, सोझाे  थिएँ, लज्जालु थिएँ, निश्चल अनि कञ्चन थिएँ,
त्यसैले, 
‘मेरो जीवन वर्वाद पा¥यो’ भनी कुर्लन सकिनँ,
तिमीलाई छलाएर, झुक्याएर आफ्नो बन्दी बनाउन सकिनँ
त्यो पनि सक्थेँ तर आफ्नौ नैतिकताले दिएन,
ठूला कुरा गर्थौ ?
‘विश्वासघात’ को विष किन पिलायौ ???
अनि, मसँग त्यो सबै के नाटक थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?