Tuesday, 10 October 2017

कस्ताे जीवन

सुखकाे प्रतिक्षा गर्दा गर्दै 
दुख संग पाे जुध्न पुगेछु 
मिलनकाे अाभाष गर्दागर्दै 
विछाेडसंग पाे भेट हुन पुगेछु ।।

विश्वासकाे पछि हिड्दा हिड्दै 
अाधात पाे सहन पुगेछु 
अाशा र प्रतिक्षामा रहदा रहदै 
धाेकाे पाे खान पुगेछु ।।

परिश्रमी हुदा हुदै 
परिणामविहिन पाे हुन पुगेछु 
संधर्ष नै जीवनकाे भन्दा भन्दै
जीवनमा हरेसकाे खान पुगेछु ।।

Drawing

Thursday, 21 September 2017

कस्ताे निष्ठुरी

कस्तो निष्ठुरी ??????

म रोईरहँदा, के तिमी हाँस्न सकौली र ?
म जलिरहँदा, के तिमी बाँच्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

मेरा परेलीहरू, हरक्षण निथ्रुक्क भिज्दा,
म तड्पिरहँदा, के तिमी सुत्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

मेरो छाती ज्वालामा दन्किरहँदा,
म पिल्सिरहँदा, के तिमी लुक्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

म अतीत सम्झेर हराइरहँदा, टोलाइरहँदा
म धड्किरहँदा, के तिमी भुल्न सकौली र ?
।।।।।कस्तो निष्ठुरी ??????

छाेरी

एउटा बगैचामा राेपीएकाे फूल अर्कै बगैचामा फुल्नुपर्ने 
जन्म घर छाेडि सधैलाई पराई अागनमा झुल्नु पर्ने  ।

बाध्यता भनाै या नियती नै यस्तै याे छाेरी काे 
पराईलाई अंगाली अाफ्नालाई भुल्नु पर्ने।।

Bee-Raaz

Tuesday, 12 September 2017

विश्वास त्यो खोई काले ?

विश्वास त्यो खोई काले ?

ए काले !
सँगै जिउँछु भन्थ्यौ, सँगै मर्छु पनि
यो मेरो पहिलो प्रेम हो भन्थ्यौ
जे भए पनि, तिम्रै जीवनमा साथ दिन्छु भन्थ्यौ
आपत आखिर के आइलाग्यो र ?
मेरो यो जीवन–विपत बनाई गयौ ।
त्यसैले,
विश्वास त्यो खोई काले ?

ए काले !
यहाँसम्म तिमीसँगको जीवनयात्रा,
निरर्थक के थियो र  ?
तिमीसँगको सहयात्रा के झुट थियो र ?
तिमीले दिएको माया र सहारा
अनि, मसँगको प्रेमसुगन्ध के सबै नक्कली थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?

ए काले !
तिम्रो हर दुःखसुखमा साथ दिन्छु भन्यौ,
हाम्रो भेट हुँदा जीवन जीवन्त बनायौ
पलपल मेरो जीवनमा खेल्ने खेल्यौ,
नखेल्ने पनि खेल्यौ,
तिमीसँग भेट हुँदा, छुट्टिन कठीन बनायौ
मुटु साटासाट ग¥यौ
अनि, मसँगको त्यो सबै के मिथ्या थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?

ए काले !
मसँग के त्यो देखेनौ ?
हो, धन थिएन, तर मन थियो ।
ठूलो सपना थिएन, तर विश्वास थियो ।
महल थिएन, तर सानो आसाको घर थियो ।
रुप थिएन, तर यौवन थियो ।
छलकपट थिएन, तर हृदय थियो ।
आखिर, सोझाे  थिएँ, लज्जालु थिएँ, निश्चल अनि कञ्चन थिएँ,
त्यसैले, 
‘मेरो जीवन वर्वाद पा¥यो’ भनी कुर्लन सकिनँ,
तिमीलाई छलाएर, झुक्याएर आफ्नो बन्दी बनाउन सकिनँ
त्यो पनि सक्थेँ तर आफ्नौ नैतिकताले दिएन,
ठूला कुरा गर्थौ ?
‘विश्वासघात’ को विष किन पिलायौ ???
अनि, मसँग त्यो सबै के नाटक थियो र ?
थिएन भने, विश्वास त्यो खोई काले ?

Saturday, 22 April 2017

पर्खाइ

भेट्न अाउछु भन्याै कुरि वसे दाेवाटाेमा
तिम्रै पदचाप सुन्न ढुकी वसे दाेवाटाेमा

सायद झर्छाै की कतै वर्षा बनी यस्तै भान भाे मलाइ
त्यहि वर्षादलाइ थेग्न झुकी वसे दाेवाटाेमा

भाग्छाै की कतै हावा वनी यस्तै भान भाे मलाइ
तिम्रै बाटाे छेक्न रूकी वसे दाेवाटाेमा

अह तिमी त अाएनाै केवल अाए  तिम्रा यादहरू
तिनै यादलाइ भुलाउन लुकी वसे दाेवाटाेमा

२०७४/०१/०९
Bee Raaz

Tuesday, 10 January 2017

मूक्तक

जस्तै जटिल जीवन पनि जीउनै पर्छ अाखिर
फाटेकाे मन यसै गरि सीउनै पर्छ अाखिर
भाे चाहीदैन सहानुभूतीका शव्दहरू मलाइ
अमृतरूपी विषकाे प्याला पीउनै पर्छ अाखिर

विराज